पाल्पाको निस्दी गाउँपालिकामा गठबन्धलाई हराउँदै एमालेको ‘क्लीन स्वीप’

पाल्पाको निस्दी गाउँपालिकामा गठबन्धलाई हराउँदै एमालेको ‘क्लीन स्वीप’

काठमाडौँ : पाल्पाको निस्दी गाउँपालिकामा नेकपा एमालेले क्लीन स्वीप गरेको छ। ७ वडा सहित गाउँपालिका अध्यक्ष उपाध्यक्ष एमालेले जितेको हो। 

अध्यक्षमा पार्टीबाट उम्मेदवार मुक्त बहादुर सारुले ६ हजार ६५२ मत प्राप्त गरेको निर्वाचन आयोगको तथ्यांकले देखाएको छ। निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका गोविन्द प्रसाद अर्यालले ३ हजार ४६६ मत प्राप्त गरेका छन्। 

उपाध्यक्षमा पनि एमालेकी तीरन कुमारी श्रेष्ठ विजयी भइन्। उनले ६ हजार ६३८मत प्राप्त गरेकी छिन्। 
 

जेठ २, २०७९ सोमबार २१:३७:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।