तारकेश्वर गाउँपालिका अध्यक्षमा कांग्रेस, उपाध्यक्षमा माओवादी

काठमाडौँ : नुवाकोटको तारकेश्वर गाउँपालिका गठबन्धनले जितेको छ। गठबन्धनको सहयोगमा कांग्रेसका उम्मेदवार शिव अधिकारीले ५ हजार ६६५ मत प्राप्त गर्दै विजयी भए। उनका प्रतिस्पर्धी एमालेका रमेश बहादुर बस्तीले ३ हजार ३४१ मत प्राप्त गरे।
गाउँपालिका उपाध्यक्षमा गठबन्धनकै सहयोगमा माओवादी केन्द्र विजयी भयो। केन्द्रबाट उम्मेदवार बनेका हरिप्रसाद रिमालले ४ हजार ६५८ मत प्राप्त गरे। एमाले उम्मेदवार कोपिला भट्टले ३ हजार ३९२ मत प्राप्त गरेर दोस्रो स्थान हासिल गरिन्।
जेठ २, २०७९ सोमबार २१:३०:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।