रामप्रसाद राई गाउँपालिकामा गठबन्धनले एमालेलाई हरायो

काठमाडौं : भोजपुर जिल्लाको रामप्रसाद राई गाउँपालिकामा नेकपा (माओवादी केन्द्र) ले अध्यक्ष र उपाध्यक्ष नेपाली कांग्रेसले जितेको छ। जिल्ला निर्वाचन कार्यालय भोजपुरको अन्तिम तथ्यांक अनुसार माओवादीका थाम बहादुर राईले ३ हजार ७७ मत प्राप्त गर्दै विजयी भए।
दोस्रो स्थानमा रहेका एमालेका बल राम राईले २ हजार ८५१ मत प्राप्त गरे। उपाध्यक्षमा कांग्रेसका उमेदवार बिरेन्द्र राई विजयी भए। उनले ३ हजार ५७७मत प्राप्त गरेको तथ्यांक निर्वाचन आयोगको छ। दोस्रो बनेका एमालेकी नेतृ कमला देवि राईले २ हजार २१४ मत पाइन।
यहाँ कांग्रेस माओवादी गठबन्धन भएको थियो।
जेठ २, २०७९ सोमबार २१:१७:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।