कीर्तिपुरको प्रमुख र उपप्रमुख दुवैमा कांग्रेस विजयी

काठमाडौ : कीर्तिपुर नगरपालिका प्रमुखमा नेपाली कांग्रेसका राजकुमार नकर्मी विजयी भएका छन्। निर्वाचन आयोगले दिएको जानकारी अनुसार उनले ९०४३ मत ल्याएर विजयी भएका हुन्।
उनका निकटम प्रतिस्पर्धी एमालेका केशरत्न बज्राचार्यले ५५०७ मत ल्याएर पराजित भएका हुन्। उपप्रमुखमा कांग्रेसकै शुभलक्ष्मी शाक्य निर्वाचित भइन्। उनले ८६६५ मत ल्याउँदा उनकी निकटम प्रतिस्पर्धी एमालेकी बिन्दु महर्जनले ७२०६ मत ल्याएको आयोगले जनाएको छ।
जेठ २, २०७९ सोमबार २०:५८:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।