माडीमा एमाले उम्मेदवारको अग्रता, उपमेयरमा राप्रपाको अग्रता

माडीमा एमाले उम्मेदवारको अग्रता, उपमेयरमा राप्रपाको अग्रता

काठमाडौँ : माडी नगरपालिकामा गठबन्धनविरुद्ध उम्मेदवारी दिएका एमाले उम्मेदवारले अग्रता लिएका छन्। पाँच दलबाट माओवादी केन्द्रबाट ऋषिराम काफ्ले मेयरको उम्मेदवार बनेका थिए। राप्रपाको समर्थनमा एमालेका ताराकुमारी काजी महतो उम्मेदवार बनेका थिए।

महतोले २८२९ मत ल्याउँदा काफ्लेले २०२१ मत ल्याएका छन्। उपप्रमुखमा एमालेको समर्थन पाएका मदनप्रसाद पौडेल १००६ मतले अगाडि छन्। कांग्रेसका खेमप्रसाद महतो १५११ मतले पच्छ्याइरहेका छन्।

वडामा भने गठबन्धन कायम हुन सकेको थिएन। परिणाम सार्वजनिक भएको वडा नम्बर १ मा अमित कुमार लामा विजयी भए। २ मा एमालेका डण्डपाणी पौडेल विजयी भए। दोस्रोमा राप्रपाका उम्मेदवार थिए।

नौमा माओवादीका घनश्याम दवाडी निर्वाचित भए। एमाले दोस्रो र राप्रपा तेस्रो भयो। वडा नम्बर ८ मा वीरेन्द्र बहादुर भण्डारी निर्वाचित भए। उनी राप्रपाका उम्मेदवार हुन्। एमालेका कृष्णराज अधिकारी दोस्रो भए।

नौ मध्ये पाँच वडाको मतगणना जारी छ।

जेठ २, २०७९ सोमबार २०:००:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।