काठमाडौँको शंखरापुर नगरपालिकामा राप्रपा मेयर अगाडि

काठमाडौँ : काठमाडौँको शंखरापुर नगरपालिकामा एमाले र माओवादी केन्द्रका उम्मेदवारलाई पछि पार्दै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का मेयरका उम्मेदवारले अग्रता लिएका छन्।
सोमबार अपराह्नसम्म सार्वजनिक भएको ११ हजार ५८ मतमा राप्रपाका मेयर उम्मेदवार रमेश नापितले २ हजार ४ सय २४ मत पाएका छन्।
एमालेका उम्मेदवार कृष्णलाल बजगाईँले २ हजार ४ सय ८ मत पाएका छन्। माओवादी केन्द्रका मेयर उम्मेदवार मधु केसीले १ हजार ८ सय ६३ मत पाएका छन्।
उपमेयरमा भने नेपाली कांग्रेसकी उम्मेदवार समिता श्रेष्ठले ३ हजार २ सय ८८ मत पाएकी छिन्। माओवादी केन्द्रकी चण्डिका चौलागाई १ हजार ८ सय १ मत सहित दोस्रो स्थानमा छिन्। एमालेकी उम्मेदवार लक्ष्मी केसीले १ हजार ७ सय ५० मत पाएकी छन्।
जेठ २, २०७९ सोमबार १८:२९:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।