गठबन्धनलाई हराउँदै ललितपुरको कोन्ज्योसोममा एमालेका लामा विजयी

गठबन्धनलाई हराउँदै ललितपुरको कोन्ज्योसोममा एमालेका लामा विजयी

काठमाडौँ : ललितपुरको कोन्ज्योसोम गाउँपालिका अध्यक्षमा नेकपा एमालेका कृष्णमान लामा विजयी भएका छन्। उनले सत्ता गठबन्धनबाट अध्यक्षमा नेकपा माओवादी केन्द्रका गोपिलाल सिंन्तानलाई पराजित गरेका हुन्। 

लामाले ३१०४ मत पाएर विजयी भएका छन्। उनका प्रतिद्धन्द्धी माओवादीका सिन्तान २५०९ मत पाएका छन्। यस्तै उपाध्यक्षमा गठबन्धनबाट काँग्रेसका राजनप्रसाद घिमिरे निर्वाचित भएका छन्। घिमिरेले ३२२७ मत ल्याएर एमालेकी रनिता तामाङलाई पराजित गरेका हुन्। 

एमालेकी तामाङले २०४८ मत ल्याएर पराजित भएकी छिन्। 

जेठ २, २०७९ सोमबार १७:४०:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।