भरतपुर मेयरमा सुवेदीको अग्रता बढाए, उपमेयरमा चित्रसेन १८ सयले अगाडी

काठमाडौँ : भरतपुर महानगरपालिकामा नेकपा एमाले र राप्रपाका साझा उम्मेदवार विजय सुवेदीले अग्रता बढाउँदै लगेका छन्। भरतपुरमा १३९३० मत गणना हुँदा सुवेदीले ४ हजार ७२७ मत पाएका छन्।
पाँच दलीय गठबन्धनबाट उम्मेदवार बनेकी नेकपा माओवादी केन्द्रकी रेणु दाहालले ४ हजार ६६९ मत पाएकी छन्। उम्मेदवार जगन्नाथ पौडेलले २ हजार ११४ मत पाएका छन्। रेणु दाहाल ५८ मतले पछि परेकी छन्।
उपप्रमुखमा भने नेपाली काँग्रेसका चित्रसेन अधिकारीले ५ हजार ५५७ मत पाएका छन्। उपप्रमुखमा एमाले र राप्रपाकी साझा उम्मेदवार हिमला गुरुङले ३ हजार ७६४ मत पाएकी छन्।
जेठ २, २०७९ सोमबार १६:४९:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।