काठमाडौँ महानगरको मतगणना स्थल बढाइने

काठमाडौं : काठमाडौं महानगरपालिकाको मतगणना स्थल बढाउने निर्णय भएको छ। अहिले ७ ठाउँबाट मतगणना भइरहेको छ।
एक मतगणना स्थल थप्ने सहमति भएको कांग्रेस नेता प्रगतिमान रञ्जितले उकेरालाई बताए।
मैले चार ठाउँ थपौं भनेको हो। तर स्थानको अभाव भन्ने भएपछि १ स्थान थप हुने भएको हो, उनले भने। मत पत्र गन्न ढिला भैरहेको गुनासो जनस्तरबाट आइरहेका बेला थप एक गणना स्थाल थप गर्ने सहमति भएको छ।
जेठ २, २०७९ सोमबार १६:१३:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।