भरतपुरमा सुवेदीको अग्रता कायमै, मतान्तर घटाउँदै रेणु

भरतपुरमा सुवेदीको अग्रता कायमै, मतान्तर घटाउँदै रेणु

काठमाडौँ : भरतपुर महानगरपालिकामा नेकपा एमाले र राप्रपाका साझा उम्मेदवार विजय सुवेदीले कायमै राखेका छन्। पछिल्लो मत परिणाम अनुसार  सुवेदीले ४ हजार ४५१ मत पाएका छन्।

पाँच दलीलय गठबन्धनबाट उम्मेदवार बनेकी नेकपा माओवादी केन्द्रकी रेनु दाहालले ४ हजार ४१३ मत पाएकी छन्। उम्मेदवार जगन्नाथ पौडेलले एक हजार ९४ मत पाएका छन्। रेनु दाहाल ३८ मतले पछि परेकी छन्।

उपप्रमुखमा भने नेपाली काँग्रेसका चित्रसेन अधिकारीले ५ हजार १९२ मत पाएका छन्। उपप्रमुखमा एमाले र राप्रपाकी साझा उम्मेदवार हिमला गुरुङले ३ हजार ५४० मत पाएकी छन्।

जेठ २, २०७९ सोमबार १५:५७:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।