काठमाडौँमा बालेनले ७ हजार मत कटाउँदा स्थापित र सिर्जनाको कति?

काठमाडौँमा बालेनले ७ हजार मत कटाउँदा स्थापित र सिर्जनाको कति?

काठमाडौँ : काठमाडौं महानगरपालिकामा स्वतन्त्र उम्मेदवार बालेन्द्र शाह (बालेन)ने ७ हजार मत कटाएका छन्। पछिल्लो पटकको आधिकारिक मत परिणाम अनुसार बालेनले ७ हजार ३३९ मत पाएका छन्।

उनलाई पछ्याइरहेका एमालेका केशव स्थापितले ३ हजार ८६२ मत पाएका छन्। कांग्रेसकी सिर्जना सिंहले ३ हजार ३५८ मत पाएकी छिन्।

पछिल्लो अपडेट अनुसार बालेनले दोश्रो स्थानका केशव स्थापितभन्दा ३ हजार ४७७मतले अगाडी छन् ।

जेठ २, २०७९ सोमबार १५:४८:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।