आयोगको आधिकारिक मत परिणामः स्थापितभन्दा बालेन तीन हजार मतले अघि

काठमाडौं : काठमाडौं महानगरपालिकाका मेयरका उम्मेदवार बालेन्द्र शाह (बालेन)ले दिउँसो साढे एक बजेसम्ममा ६ हजार एक सय ९४ मत ल्याएका छन्।
त्यसैगरी मेयरका एमाले उम्मेदवार केशव स्थापितले तीन हजार दुई सय २५ मत ल्याउँदा नेपाली कांग्रेसकी उम्मेदवार सृजना सिंहले दुई हजार आठ सय ५४ मत ल्याएकी छन्।
मेयरका उम्मेदवार राप्रापाका मदनदास श्रेष्ठले पाँच सय ६८ ल्याएका छन् भने सुमन सायमीले पाँच सय ३८ ल्याएका छन्। त्यसैगरी उपमेयरकी एमालेकी उम्मेदवार सुनिता डंगोलले ६ हजार तीन सय ४६ मत ल्याएकी छन्।
समाजवादीका उम्मेदवार रामेश्वर श्रेष्ठले एक हजार सात सय ८४ मत ल्याएका छन्। डंगोलले श्रेष्ठलाई चार हजार पाँच सय ६५ मतले उछिनेकी छन्।
जेठ २, २०७९ सोमबार १४:३३:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।