काठमाडौँ महानगर-२ मा एमालेको प्यानल नै बिजयी

काठमाडौँ महानगर-२ मा एमालेको प्यानल नै बिजयी

काठमाडौँ : काठमाडौं महानगरपालिको वडा नम्बर २ को वडाध्यक्षमा एमालेका राजेन्द्र कुमार श्रेष्ठ एक हजार तीन सय ७७ मत ल्याएर विजय भएका छन्। उनका प्रतिद्धन्दी नेपाली कांग्रेसका उम्मेदवार सूर्यलाल महर्जनले ९ सय ६३ मत ल्याए।

त्यसैगरी महिला सदस्यमा एमालेकै पूर्ण लक्ष्मी रजक एक हजार २ सय ५५ मत ल्याई बिजयी भएकी छन्। उनकी प्रतिद्धन्दि कांग्रेसकी उम्मेदवार सपना थापाले ९ सय २२ मत ल्याउँदै महिला सदस्यमा पराजित भइन्। 

एमालेकै ईश्वरी परियारले एक हजार तीन सय १७ मत ल्याउँदै दलित महिला सदस्यमा बजयी भइन्। त्यसैगरी एमालेकै पदम काजी महर्जन् एक हजार एक सय ७४ ल्याउँदै बिजयी भए भने एमालेकै विमल गुरुङले एक हजार एक सय ६२ मत ल्याउँदै वडा सदस्यमा विजयी भएका छन्।

जेठ २, २०७९ सोमबार १४:११:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।