भक्तपुर नगरपालिका: साढे २५ हजार मतान्तरले सुनिल प्रजापति विजयी

भक्तपुर नगरपालिका: साढे २५ हजार मतान्तरले सुनिल प्रजापति विजयी

काठमाडौंः भक्तपुर नगरपालिकाको मेयरमा सुनिल प्रजापति विजयी भएका छन्। नेपाल मजदूर किसान पार्टीका प्रजापतिको यो दोस्रो कार्यकाल हो।

५७ वर्षीय प्रजापतिले २९ हजार २५२ मत ल्याएर विजयी भएका हुन्। उनको प्रतिस्पर्धी कांग्रेसका रामप्रसाद कासुलाले तीन हजार ४०७ मत ल्याए। दोस्रो भएका उम्मेदवारसँग प्रजापतिको मतान्तर २५ हजार आठ सय ४५ मत छ।

यस्तै एमालेका रवीन्द्र लाछिमस्युले दुई हजार आठ सय ४१ मत ल्याए।

यता उपमेयरमा पनि नेपाल मजदूर किसान पार्टीकै रजनी जोशीले विजय हासिल गरेकी छिन्। ५६ वर्षीया जोशीले २९ हजार ७५९ मत ल्याएका हुन्। उपमेयरमा दोस्रो भएकी उम्मेदवार एमालेकी रञ्जना खर्बुजाले दुई हजार ९८८ मत मात्र ल्याइन्।

भक्तपुर नगरपालिकामा लामो समययता नेपाल मजदूर किसान पार्टीले मात्र जित्दै आएको छ।

जेठ २, २०७९ सोमबार १४:०५:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।