मकवानपुरको कैलाशमा गाउँपालिकामा गठबन्धन विजयी
काठमाडौँ : मकवानपुरको कैलाश गाउँपालिकामा नेपाली कांग्रेस विजयी भएको छ। जिल्ला निर्वाचन कार्यालयका अनुसार नेपाली कांग्रेसका उम्मेदवार लोक बहादुर मुक्तानले ४ हजार ८९७ मत प्राप्त गरे।
दोस्रो स्थानमा रहेका एमालेका नरेन्द्र लाल रिजालले ४०९३ मत प्राप्त गरे। उपाध्यक्षमा माओवादी केन्द्र विजयी बाल कुमार मल्ल ठकुरी विजयी भए। उनले ४ हजार ८८ मत प्राप्त गर्दा एमाले उमेदवार सुकु माया थिङले ३ हजार ९३५ मत प्राप्त गरिन्।
जेठ २, २०७९ सोमबार १३:५९:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।