गुल्मीको सत्यवती गाउँपालिकामा एमालेका दुवै उम्मेदवार विजयी

गुल्मीको सत्यवती गाउँपालिकामा एमालेका दुवै उम्मेदवार विजयी

काठमाडौं : गुल्मीको सत्यवती गाउँपालिकाको अध्यक्षमा नेकपा एमाले विजयी भएको छ।

एमालेबाट टीकाराम पाण्डेले ६ हजार २६७ मत प्राप्त गरेका छन्। उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका पारिश्वर ढकालले ५ हजार ६११ मत प्राप्त गरे। 

उपाध्यक्षमा नेकपा एमालेकै निरमाया तरामु विजयी भइन्। उनले ६ हजार २२४ मत प्राप्त गरिन्। नेपाली कांग्रेसकी तेजकुमारी थापाले ५ हजार ५६१ मत ल्याएकी छिन्। 

गाउँपालिकाका ८ वडामध्ये एमाले बहुमत वडामा विजयी भएको छ। कांग्रेसले २ र माओवादीले १ वडा जित्दा एमालेले ५ वडा जितेको छ। 
 

जेठ २, २०७९ सोमबार १३:४९:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।