बसको हुटमा पार्टीको झण्डा बोकेर बसेका १५ जनालाई करेन्ट लाग्यो, दुईको मृत्यु

बसको हुटमा पार्टीको झण्डा बोकेर बसेका १५ जनालाई करेन्ट लाग्यो, दुईको मृत्यु

सुर्खेतः सल्यानमा विजय जुलुसमा सहभागी दुई जनाकाे करेन्ट लागेर मृत्यु भएको छ। कुमाख गाउँपालिकामा निर्वाचित पदाधिकारीको विजय जुलुस मनाउन गएका दुई जनाको मृत्यु भएको हो।

रुकुम पश्चिमको चौरजहारी नगरपालिका र सल्यानको कुमाख गाउँपालिकाको सिमाना कुमाख–२ मा गुडिरहेको गाडीमा सवार यात्रुलाई बिजुलीको तारले छुँदा कुमाख गाउँपालिका–१ का २६ वर्षीय लोकेन्द्र राना र २२ वर्षीय गोपाल बुढामगरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ।

सल्यानका प्रहरी नायब उपरीक्षक सुमित खड्काका अनुसार बसको छतमा पार्टीको झण्डा समातेर बसिरहेका यात्रुलाई बिजुलीको तारले छुँदा १५ जनालाई करेन्ट लागेको थियो।

करेन्ट लागेका थप यात्रुको चौरजहारीमा रहेको मिसन अस्पतालमा उपचार भइरहेको छ।

जेठ २, २०७९ सोमबार १३:४७:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।