हेटौंडामा साढे १३ हजार मत गन्दा गठबन्धनकी उम्मेदवार अगाडि

काठमाडौंः मकवानपुरको हेटौंडा उपमहानगरपालिकाको जारी मतगणनामा मेयर पदमा गठबन्धनकी उम्मेदवारले अग्रता लिइरहेकी छिन्। हालसम्म १३ हजार ४९५ मत गन्दा गठबन्धनबाट एकीकृत समाजवादीकी मीना लामाले चार हजार १३५ मतसहित अग्रता लिइरहेकी हुन्।
यस्तै दोस्रो स्थानमा राप्रपाका उम्मेदवार दीपकबहादुर सिंह रहेका छन्। उनले तीन हजार ९४५ मत ल्याएर लामालाई पछ्याइरहेका छन्।
यस्तै एमालेका उम्मेदवार अनन्त पौडेलले तीन हजार ५५२ मत ल्याएका छन्।
जेठ २, २०७९ सोमबार १३:२७:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।