दार्चुलाको शैल्यशिखरमा हायस दुर्घटना हुँदा तीन जनाको मृत्यु

दार्चुलाः शैल्यशिखर नगरपालिका–६ ग्वानीमा हायस दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ। गोकुलेश्वरबाट पनेबाँजतर्फ आउँदै गरेको म१ज २७७ नम्बरको हायस ग्वानीस्थित वडा कार्यालय नजिकै रोलाखोलामा दुर्घटना भएको हो।
दुर्घटनामा चालक २३ वर्षीय प्रकाशसिंह धामी तथा २२ वर्षीय नवीनसिंह धामी र १९ वर्षीय हरिसिंह धामीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
प्रहरीका अनुसार मृतक ग्वानीका स्थानीय हुन्।
जेठ २, २०७९ सोमबार १३:०३:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।