पोखराको मेयरमा गठबन्धनका उम्मेदवार अगाडि, उपमेयरमा एमाले

पोखराको मेयरमा गठबन्धनका उम्मेदवार अगाडि, उपमेयरमा एमाले

पोखराः पोखरा महानगरपालिकाको मेयरमा गठबन्धनका उम्मेदवारले अग्रता कायमै राखेका छन्। मेयरका उम्मेदवार एकीकृत समाजवादीका धनराज आचार्यले मतगणनाको सुरुबाटै अग्रता लिइरहेका छन्।

महानगरमा ११ हजार १९३ मतगणना हुँदा आचार्यले चार हजार ५६२ मत प्राप्त गरेका छन्। उनका प्रतिस्पर्धी नेकपा एमालेका कृष्णबहादुर थापाले चार हजार १५७ मत पाएका छन्।

थापाको भन्दा आचार्यको ४०५ मत बढी छ।

त्यसैगरी राष्ट्रिय प्रजातन्त्र पार्टीका शंकर खरालले ५८१ मत पाएका छन् भने स्वतन्त्र उम्मेदवार खड्कराज (गनेश) पौडेलले २५० मत पाएका छन्।

उपमेयरमा एमालेकी मञ्जुदेवी गुरुङले चार हजार ७७९ मत प्राप्त गरेकी छन्। नेपाली कांग्रेसकी कोपिला रानाभाटले चार हजार ६६७ मत प्राप्त गरेकी छन्।

मेयरका उमेदवार आचार्यले थापाको भन्दा मतान्तर बढाउदै लगेका छन् भने उपमेयरमा एमालेकी गुरुङले कांग्रेसकी रानाभाटलाइ ११२ मतले उछिनेकी छिन्।

पोखरा महानगरपालिकामा अहिलेसम्म वडा नम्वर १, २, १२, २३, २४ र २५ वडाको मतगणना चलिरहेको छ।

पोखरा महानगरपालिकामा दुई लाख सात हजार ७१२ मतदाता रहेका छन्। शुक्रबार सम्पन्न मतदानमा महानगरमा एक लाख ४३ हजार २२६ मत खसेको थियो।

जेठ २, २०७९ सोमबार १२:४७:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।