फिल्म 'चपली हाइट'का हिरो भए गोदावरी-३ को अध्यक्ष

काठमाडौं: फिल्म 'चपली हाइट'का अभिनेता राज घिमिरे (सानुराजा घिमिरे) गोदावरी नगरपालिका वडा नं ३ को अध्यक्षमा विजयी भएका छन्। उनी माओवादी केन्द्रबाट उम्मेदवार बनेका थिए।
उनले एक हजार ५९ मत पाएर विजयी भएका हुन्।
उनका प्रतिद्वन्द्वी राम आचार्यले एक हजार ४९ मत प्राप्त गरेका थिए। घिमिरे अघिल्लो स्थानीय तह निर्वाचनमा यसै वडाबाट माओवादी केन्द्रबाट वडा अध्यक्ष उम्मेदवार भएर पराजित भएका थिए।
जेठ २, २०७९ सोमबार ११:५६:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।