समान मत आएपछि पञ्चपुरी- ३ मा गोलाप्रथा

समान मत आएपछि पञ्चपुरी- ३ मा गोलाप्रथा

सुर्खेत : स्थानीय तह निर्वाचनको मतगणना अन्तर्गत सुर्खेतको पञ्चपुरी नगरपालिका वडा नम्बर ३ मा वडाध्यक्षका लागि गोलाप्रथा हुने भएको छ।

नेकपा एमाले र नेपाली कांग्रेसले बराबर मत प्राप्त गरेपछि वडाध्यक्ष छान्न गोलाप्रथा हुन लागेको हो। 

एमालेका चन्द्रवीर रावत र कांग्रेसका बलबहादुर रोकायले समान ६७३ मत प्राप्त गरेपछि गोलाप्रथा हुन लागेको हो।

जारी मतगणना अनुसार पञ्चपुरीमा ३ वटा वडा कांग्रेसले जितेको छ भने १ वडा एमालेले जितेको छ। नगरको मेयर र उपमेयरमा भने नेपाली कांग्रेसले अग्रता लिएको छ।

जेठ २, २०७९ सोमबार ११:१६:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।