दोस्रो अन्तर्राष्ट्रिय विमानस्थलले पर्यटन क्षेत्रमा नयाँ आयाम थपियो: देउवा

रुपन्देहीः प्रधानमन्त्री शेरबहादुर देउवाले दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन भएपछि पर्यटन क्षेत्रमा नयाँ आयाम थपिने बताएका छन्। उनले विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान भएसँगै नेपालको पर्यटन क्षेत्र चलायमान हुने र आर्थिक रूपले पनि सबल बन्ने बताए।
साथै उनले बुद्ध जन्मस्थल लुम्बिनी घुम्न आउन विश्व समुदायलाई आह्वान गरे। बुद्ध पूर्णिमाको अवसर पारेर भैरहवामा निर्माण भएको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको उद्घाटन गर्दै प्रधानमन्त्री देउवाले अब लुम्बिनीमा हुने आर्थिक गतिविधिमा जोडिन आग्रह गरे।
उनले हवाइ उड्ड्यन क्षेत्रमा फड्को मारेको बताएका छन्।
जेठ २, २०७९ सोमबार ११:१०:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।