पोखरा महानगरको वडा नम्बर १ मा एमाले र २ मा कांग्रेसका उम्मेदवार विजयी

पोखराः पोखरा महानगरपालिकाका दुई वटा वडाको मतगणना सकिएको छ। महानगरको वडा नम्बर १ मा नेकपा एमालेका तर्फबाट वडा अध्यक्षमा साहारा प्रधान प्यानलसहित विजयी भएका छन्।
अध्यक्षमा प्रधानले एक हजार १४५ मत ल्याएर विजयी भएका हुन्। उनका प्रतिस्पर्धी नेपाली कांग्रेसकी सीता गुरुङले एक हजार १४ मत पाएकी छिन्।
त्यसैगरी सदस्यमा जुमकाजी गुरुङ, रामजीप्रसाद पौडेल, महिला सदस्यमा शोभा नेपाल, दलित महिला सदस्यमा जुकमाया दमाई निर्वाचित भएका छन्।
यता पोखरा महानगरपालिका –२ को वडा अध्यक्षमा नेपाली कांग्रेसको प्यानल विजयी भएको छ। वडा अध्यक्षमा कांग्रेसका दिवसमान प्रधानाङ्गले ९३९ मत पाएर विजयी भएका छन्।
उनका प्रतिस्पर्धी एमालेका दीपक शाहीले ६६१ मत पाएका थिए। प्रधानले शाहीलाई २७८ मतान्तरले हराएर हुन्।
खुला सदस्यमा कांग्रेसका गौतम विजुक्छे र भीमकुमारी आले (पवित्रा) विजयी भएका छन्। दलित महिला सदस्यमा सुनिता विक र महिला सदस्यमा गोमा सुवेदी विजयी भएका छन्।
पोखरा- २ मा दुई हजार ५९३ मतदाता रहेकोमा एक हजार ८२० मत खसेको थियो। ०७४ को स्थानीय निर्वाचनमा पोखरा- १ मा एमाले र २ मा कांग्रेसकै उम्मेदवार विजयी भएका थिए।
अहिले पनि कांग्रेस एमालेले विरासत जोगाउन सफल भएका छन्।
जेठ २, २०७९ सोमबार ११:०४:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।