पोखरामा प्रमुख गठबन्धन र उपप्रमुखमा एमालेको अग्रता

पोखरा : पोखरा महानगरपालिकाको प्रमुखमा गठबन्धन र उपप्रमुखमा एमालेका उम्मेदवारले अग्रता कायम राखेका छन्।
हालसम्म १०४९३ मत गणना हुँदा एकीकृत समाजवादीका तर्फबाट मेयरका उम्मेदवार धनराज आचार्यले ४१९१ मत प्राप्त गरी अग्रस्थानमा रहेका छन्।
यस्तै एमालेका मेयर पदका उम्मेदवार कृष्ण थापाले ३८३० मत प्राप्त गरी दोस्रो स्थानमा रहेका छन् भने राप्रपाका शंकर खरालले ५४६ मत ल्याएका छन्।
यसैगरी उपप्रमुखमा एमालेकी उम्मेदवार मन्जु गुरुङले ४३८४ मत प्राप्त गरेकी छिन्। कांग्रेसकी उम्मेदवार कोपिला रानाभाटले ४२९८ मत ल्याएर एमालेकी गुरुङलाई पछ्याइरहेकी छिन्।
जेठ २, २०७९ सोमबार ११:०१:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।