रोल्पाको गंगादेव गाउँपालिका: वडामा बहुमत, अध्यक्ष-उपाध्यक्षमा पनि कांग्रेसको जित

रोल्पाको गंगादेव गाउँपालिका: वडामा बहुमत, अध्यक्ष-उपाध्यक्षमा पनि कांग्रेसको जित

काठमाडौं: रोल्पाको गंगादेव गाउँपालिकामा बहुमत वडासहित नपाली कांग्रेस विजयी भएको छ। जिल्ला निर्वाचन कार्यालयको तथ्यांक अनुसार कांग्रेसले अध्यक्ष, उपाध्यक्ष र पाँच वडा जित हात पारेको हो।

अध्यक्षमा कांग्रेसबाट हरिबहादुर पुन दुई हजार ५५७ मत सहित विजयी भए। एमाले उमेदवार रोशनकुमार वलीले दुई हजार ४९९ मत प्राप्त गर्दा माओवादीका वीरबहादुर खत्रीले दुई हजार ९३ मत प्राप्त गरे।

स्वतन्त्र उम्मेदवार चुडामणि वलीले एक हजार ५७३ मत प्राप्त गरे।

उपाध्यक्षमा नेपाली कांग्रेसकी अमृताकुमारी केसी विजयी भइन्। उनले दुई हजार ९०९ मत प्राप्त गरिन्।

एमालेकी नुर्मलाकुमारी वलीले दुई हजार ४४२ मत प्राप्त गर्दा एकीकृत समाजवादीका उम्मेदवार नेबबहादुर डाँगीले एक हजार ८११ तथा स्वतन्त्र उमेदवार सुशीला वलीले ८६१ मत प्राप्त गरिन्।

वडातर्फ भने ७ वडामध्ये वडा नम्बर ३ मा माओवादी र वडा नम्बर ६ मा एमाले विजयी हुँदा अन्य वडामा कांग्रेसले जित हात पार्यो।

जेठ २, २०७९ सोमबार १०:४७:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।