अरुण गाउँपालिकाको अध्यक्ष-उपाध्यक्ष कांग्रेसले जित्दा, वडामा माओवादीको बहुमत

अरुण गाउँपालिकाको अध्यक्ष-उपाध्यक्ष कांग्रेसले जित्दा, वडामा माओवादीको बहुमत

काठमाडौंः भोजपुरको अरुण गाउँपालिकाको प्रमुख-उपप्रमुख कांग्रेसले जितेको छ। जिल्ला निर्वाचन आयोगको तथ्यांकअनुसार कांग्रेसबाट शालिकराम खत्रीले अध्यक्षमा दुई हजार ८८७ मत ल्याउँदै विजयी भए।

नेकपा एमालेका नारायणप्रसाद घिमिरेले दई हजार ४२४ मत प्राप्त गरे। यस्तै माओवादीबाट उम्मेदवार डिल्लीराम अधिकारीले एक हजार ८२७ मत प्राप्त गरे।

उपाध्यक्षमा कांग्रेसबाटै विनीता ढकालले तीन हजार मत सहित विजयी भइन्। प्रतिस्पर्धी एमाले नेतृ कविता राईले दुई हजार ५४४ मत ल्याइन्।

एकिकृत समाजवादीका उम्मेदवार होमबहादुर श्रेष्ठले एक हजार ९० मत प्राप्त गरे। यहाँ माओवादी र एकीकृत समाजवादीको गठबन्धन थियो। 

वडातर्फ कांग्रेसले वडा नम्बर ३ र ५ जित्यो। माओवादीले २, ४, ६ र ७ नम्बर वडा जित्दा एमालेले १ नम्बर वडा मात्र जित्न सफल भयो।

जेठ २, २०७९ सोमबार १०:१४:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।