कांग्रेसलाई ७९ मतान्तरले पराजित गर्दै सिस्नेको अध्यक्षमा माओवादीका रेग्मी विजयी

काठमाडौंः रुकुमपूर्वको सिस्ने गाउँपालिकामा माओवादी केन्द्र विजयी भएको छ। जिल्ला निर्वाचन कार्यालयका अनुसार उपाध्यक्ष भने एमालेले जितेको छ।
गाउँपालिका अध्यक्षमा माओवादीका कृष्ण रेग्मीले तीन हजार ७७९ मत प्राप्त गरे। कांग्रेसका दत्तबहादुर बस्नेतले तीन हजार सात सय मत प्राप्त गरे।
उपाध्यक्षमा एमालेका गोपाल रेउले विजयी भए। उनले तीन हजार ७६१ मत प्राप्त गर्दा माओवादीका आस्था विकले तीन हजार ४७४ मत प्राप्त गरेकी छिन्।
जेठ २, २०७९ सोमबार १०:०७:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।