बुटवल उपमहानगर- ३: गठबन्धनका उम्मेदवारले जिते वडा अध्यक्ष

बुटवल उपमहानगर- ३: गठबन्धनका उम्मेदवारले जिते वडा अध्यक्ष

बुटवलः बुटवल उपमहानगरको वडा नम्बर ३ मा गठबन्धनका उम्मेदवारले वडा अध्यक्ष जितेका छन्। रुख चिह्न स्वीकार गरेर वडा अध्यक्षमा उम्मेदवारी दिएका माओवादी केन्द्रका विष्णु ढकालले वडा अध्यक्ष जितेका हुन्।

उनले एक हजार ३१९ मत ल्याएर चुनाव जितेका हुन्। एमालेका घनश्याम चापागाईँले एक हजार ३१० मत प्राप्त गरे।

३ नम्बर वडामा सदस्यहरूको सबै पद कांग्रेस उम्मेदवारहरूले जितेका छन्।

जेठ २, २०७९ सोमबार ०९:३७:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।