खोटाङको ऐँसेलुखर्कमा गठबन्धनलाई धक्का, अध्यक्षमा एमाले र उपाध्यक्षमा कांग्रेस विजयी

काठमाडौंः खोटाङको ऐँसेलुखर्क गाउँपालिका अध्यक्षमा एमाले र उपाध्यक्षमा कांग्रेस विजयी भएको छ। गठबन्धनका उम्मेदवारलाई हराउँदै एमाले अध्यक्षमा विजयी भएको हो।
एमालेबाट गिरेन्द्रबहादुर राईले दुई हजार ६०६ मत प्राप्त गरे। माओवादी केन्द्रका श्रीबहादुर राईले दुई हजार ४८० मत प्राप्त गरे।
उपाध्यक्षमा भने कांग्रेस विजयी भएको छ। गठबन्धबाट कांग्रेस उम्मेदवार राजेशकुमार राजभण्डारीले तीन हजार १४६ मत प्राप्त गर्दा एमालेबाट पुष्पकला भुजेलले दुई हजार ५९५ मत प्राप्त गरिन्।
वडातर्फ माओवादीले १ र ४ जित्दा एमालेले २,३ र ७ तथा कांग्रेसले ५ र ६ नम्बर वडा जितेको छ।
जेठ २, २०७९ सोमबार ०९:२६:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।