लिखुपिके गाउँपालिकामा १४७ मतान्तरले जितिन् कांग्रेसकी मीनादेवीले

काठमाडौंः सोलुखुम्बुको लिखुपिके गाउँपालिका अध्यक्ष-उपाध्यक्ष दुवैमा कांग्रेसका उम्मेदवार निर्वाचित भएका छन्। जिल्ला निर्वाचन कार्यालयले दिएको जानकारीअनुसार गाउँपालिका अध्यक्षमा मीनादेवी कार्की एक हजार २६० मतका साथ निर्वाचित भएकी हुन्।
उनले माओवादी केन्द्रका उम्मेदवार डम्बरबहादुर बस्नेतलाई १४७ मतले पराजित गरेकी हुन्। बस्नेतले एक हजार ११३ मत प्राप्त गरे। तेस्रो स्थानमा एमाले उम्मेदवार पोष्टकुमार कार्कीले ५८० मत प्राप्त गरिन्।
उपाध्यक्ष पदमा कांग्रेसबाट ङावाङ लाक्पा शेर्पा विजयी भए। उनले एक हजार ४११ मत प्राप्त गरे।
माओवादी उम्मेदवार प्रमिला बस्नेतले ८६७ मत प्राप्त गरिन्। एमाले उम्मेदवार सुष्मा लामा(शेर्पा)ले ६१५ मत प्राप्त गरिन्।
वडा नम्बर १, २ र ५ मा कांग्रेस तथा वडा नम्बर ४ मा एमाले विजयी भयो। वडा नम्बर ३ मा भने स्वतन्त्र उमेदवार विजयी भए।
जेठ २, २०७९ सोमबार ०९:२१:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।