बहुमत वडा सदस्यसहित त्रिवेणीको अध्यक्ष-उपाध्यक्ष दुवैमा कांग्रेस विजयी

बहुमत वडा सदस्यसहित त्रिवेणीको अध्यक्ष-उपाध्यक्ष दुवैमा कांग्रेस विजयी

काठमाडौंः सल्यानको त्रिवेणी गाउँपालिका कांग्रेसले जितेको छ। गाउँपालिका अध्यक्ष र उपाध्यक्ष दुवैमा कांग्रेस विजयी भएको हो। 

जिल्ला निर्वाचन कार्यालयका अनुसार गाउँपालिका अध्यक्षमा खिमबहादुर रावत विजयी भए। उनले तीन हजार ३६९ मत प्राप्त गर्दा उनका प्रतिस्पर्धी एकीकृत समाजवादीका डिल्लीबहादुर के.सीले दुई हजार १७ मत प्राप्त गरे।

एमालेका लोकेन्द्रसिंह खड्काले एक हजार ७९६ मत प्राप्त गरे।

उपाध्यक्षमा कांग्रेसबाटै सीता खड्का पुनः विजयी भइन्। उनले तीन हजार १८६ प्राप्त गरिन्। उनको प्रतिस्पर्धी माओवादीका राजेन्द्रकुमार थापाले दुई हजार ३५ मत प्राप्त गरे। एमालेकी कलावती वलीले एक हजार ८१९ मत प्राप्त गरिन्। 

६ वडा रहेको गाउँपालिका २ नम्बर वडामा एमाले विजयी भयो। बाँकी ५ वडामा कांग्रेसले जित हासिल गरेको छ।

जेठ २, २०७९ सोमबार ०९:१४:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।