अर्घाखाँचीको पाणिनीमा एमाले विजयी, कांग्रेस चार वडामा सीमित

अर्घाखाँचीको पाणिनीमा एमाले विजयी, कांग्रेस चार वडामा सीमित

काठमाडौंः अर्घाखाँचीको पाणिनी गाउँपालिकामा एमाले विजयी भएको छ। गाउँपालिकाको प्रमुख र उपप्रमुख दुवै पदमा एमालेका उम्मेदवार निर्वाचित भएका हुन्।

जिल्ला निर्वाचन कार्यालयका अनुसार एमालेबाट गाउँपालिका अध्यक्षमा टेकराज न्यौपाने विजयी भएका छन्। उनले सात हजार ७४९ मत प्राप्त गरे। यस्तै उनका प्रतिस्पर्धी अच्युत गौतमले सात हजार २८ मत प्राप्त गर्दा राप्रपाबाट फर्सुराम पौडेलले २९ मत प्राप्त गरे।

उपाध्यक्षतर्फ पनि एमाले उमेदवार नर्मदा गौतम (पौडेल) विजयी भइन्। उनले सात हजार ६६१ प्राप्त गर्दा कांग्रेस उमेदवार लक्ष्मी गौतमले सात हजार ३८ मत प्राप्त गरिन्।

यता स्वतन्त्र उमेदवार वेदराज घिमिरेले १८ मत प्राप्त गरे। वडा तर्फ भने कांग्रेसले वडा नम्बर १, २, ३, ६ र एमालेले ४, ५, ७, ८ वडा जितेको छ।

जेठ २, २०७९ सोमबार ०९:०८:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।