हरिकृष्णभन्दा चिरिबाबु २८ सय मतले अघि

काठमाडौंः ललितपुर महानगरपालिकामा पुरानै प्रतिद्वन्द्वी चिरिबाबु महर्जन र हरिकृष्ण व्यञ्जनकार प्रतिस्पर्धामा छन्। महानगरमा हाल पाँच हजार ९२६ मत गणना गर्दा चिरिबाबु महर्जनले मेयर पदमा दुई हजार ८१२ मतले अग्रता कायम राखेका छन्।
हालसम्म गठबन्धनको तर्फबाट कांग्रेसका महर्जनले चार हजार ७२९ मत ल्याएका छन्। एमालेका व्यञ्जनकारले एक हजार ९१७ मत ल्याएका छन्।
उपमेयर तर्फ एमालेकी मञ्जली शाक्यले दुई हजार १६४ मत ल्याएकी छिन्। माओवादीका तर्फबाट बाबुराज बज्राचार्यले एक हजार ४३८ मत ल्याएका छन्।
जेठ २, २०७९ सोमबार ०९:०१:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।