कञ्चनपुरको लालझाडीमा अध्यक्ष र उपाध्यक्षमा एमालेका उम्मेदवार विजयी

कैलालीः कञ्चनपुरको लालझाडी गाउँपालिका प्रमुखमा एमाले उम्मेदवार निर्मल राना चार हजार ५१६ मत ल्याई विजयी भएका छन्। उनले माओवादी केन्द्रका उम्मेदवार मदनसेन वडायकलाई एक हजार ६५८ मतान्तरले पराजित गरेका हुन्।
पराजित मदन सेन वडायकले दुई हजार ८५८ मत ल्याएका छन्।
उपाध्यक्षमा पनि एमालेकै सपना चौधरी रानाले तीन हजार ५६१ मतसहित विजयी भएकी छन्। उनकी प्रतिस्पर्धी कांग्रेसकी राधा रानाले तीन हजार ४९३ मत पाएकी छन्।
गत निर्वाचनमा माओवादीका मदनसेन वडायक विजयी भएका थिए।
जेठ २, २०७९ सोमबार ०८:५६:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।