ओलीलाई गृह वडामै धक्का, कांग्रेसको प्यानल नै विजयी

काठमाडौंः नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मतदान गर्ने वडामै कांग्रेसको प्यानल विजयी भएको छ। प्राप्त अन्तिम नतिजा अनुसार भक्तपुरको सूर्यविनायक नगरपालिका वडा नम्बर २ मा कांग्रेसका प्रदीप कार्कीसहित सिङ्गो प्यानल विजयी भएको हो।
उनले एक हजार ५११ मत प्राप्त गरेका छन्। उनका प्रतिस्पर्धी एमालेका विश्वराज विष्टले एक हजार ३०५ मत पाएको निर्वाचन अयोगले जनाएको छ।
वडा सदस्यहरूमा काङ्ग्रेसका जनार्दन खड्का, भगत रानाभाट, कल्पना खतिवडा र रञ्जना त्रीखत्री विजयी भएका छन्।
जेठ २, २०७९ सोमबार ०८:४८:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।