आज २५६६औं बुद्ध पूर्णिमा

काठमाडौंः शान्ति र अहिंसाका दूत मानिने गौतम बुद्धको आज २५६६औं जन्म जयन्ती परेको छ। नेपालको कपिलवस्तुस्थित लुम्बिनीमा जन्मिएका बुद्धलाई एसियाको ज्योति भनिन्छ।
बुद्धको जन्म, बुद्धत्व प्राप्त र मृत्यु आजकै दिनमा भएकाले वैशाख शुक्ल पूर्णिमालाई विशेष दिनको रूपमा बौद्ध समुदायले मनाउने गरेका छन्। हिन्दू धर्म दर्शनले समेत बुद्धलाई विष्णुको अवतारको रूपमा मान्दै आएकाले दुवै धर्मावलम्बीहरूको आस्थाको केन्द्रको रूपमा बुद्ध रहेका छन्।
आज देशभरका गुम्बा, बिहार, स्तुपा, चैत्यमा बुद्धको विशेष पूजाआजा हुन्छ। काठमाडौंका बौद्ध, स्वयम्भू लगायतका चैत्यमा पनि पूजा हुने गरेको छ।
यस्तै आज बुद्ध जन्मस्थल लुम्बिनीमा पनि विविध कार्यक्रम गरी बुद्ध पूर्णिमा मनाइँदैछ।
आज भारतका प्रधानमन्त्री नरेन्द्र मोदी पनि बुद्ध पूर्णिमाको अवसर पारेर लुम्बिनी आउँदैछन्। नेपालका प्रधानमन्त्री शेरबहादुर देउवाले लुम्बिनीमा अवस्थित अन्तर्राष्ट्रिय ध्यान केन्द्रको उद्घाटन गर्दैछन्।
आज बुद्ध पूर्णिमाको अवसरमा सार्वजनिक बिदा समेत रहेको छ।
जेठ २, २०७९ सोमबार ०७:४८:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।