पाल्पाको तिनाउ गाउँपालिकामा अध्यक्षमा एमाले,उपाध्यक्ष कांग्रेस

बुटवल : पाल्पाको तिनाउ गाउँपालिकामा एमाले उम्मेदवारले जितेका छन्। एमालेका प्रेम श्रेष्ठ ५ हजार ९० मत ल्याएर अध्यक्ष निर्वाचित भए।
४ हजार ४४६ मत ल्याएका माओवादी केन्द्रका राजेश श्रेष्ठ निकटतम प्रतिद्वन्द्वी भए। उपाध्यक्षमा नेपाली कांग्रेसका लालबहादुर थापा विजयी भए। उनले ५ हजार ८२ मत पाए। एमालेका सावित्रा गुरुङ राना ४४६५ मत पाएर पराजित भइन्।
जेठ २, २०७९ सोमबार ०५:४६:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।