५४ स्थानीय पालिकाको नतिजा आउँदा काङ्ग्रेस-एमाले बराबर, माओवादी तेस्रो

काठमाडौँ : सुस्त मतगणनाकाविच मतदानको तेस्रो दिन देशभरका ५४ स्थानीय तहको अन्तिम मत परिणाम सार्वजनिक हुँदा नेपाली कांग्रेस र एमालेले बराबर तहको नेतृत्व जितेको छ। आइतबार बेलुका १ बजेसम्मको परिणाम अनुसार कांग्रेस र एमालेले १९-१९ पालिकामा जित निकालेको छ।
माओवादी १६ पालिकासहित तेस्रोमा छ। एकीकृत समाजवादीले अहिलेसम्म २ वटा पालिकाको नेतृत्व पाएको छ।
एमालेका उम्मेदवार कान्छा घले मनाङको ङिस्याङ गाउँपालिकाको अध्यक्ष भए। चामे गाउँपालिकाको अध्यक्ष पनि एमालेका लोकेन्द्रबहादुर घलेले जिते। मुस्ताङको घेकर दामोदर कुण्ड गाउँपालिकामा लोप्साङ छोम्पेल विष्ट, वारागुङ मुक्ति क्षेत्र गाउँपालिकामा रिङजिन नामगेल गुरुङ, लोमान्थाङ गाउँपालिकामा टसी न्वर्वु गुरुङ एमालेका उम्मेदवार हुन्।
डोल्पाको से फोक्सुन्डो गाउँपालिकामा धावा सम्डुङ गुरुङ,.बझाङको साइपाल गाउँपालिकामा मानबहादुर बोहरा, सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिकामा मिङ्मा छिरी शेर्पा, बझाङको थलारा गाउँपालिकामा प्रकाश रोकाया, नवलपुरको बौदीकाली गाउँपालिकामामा प्रकाश ओझा, मुस्ताङको थासाङ गाउँपालिकामा प्रदीप गौचन, म्याग्दीको मालिका गाउँपालिकामा वेगप्रसाद गर्वुजा र तेह्रथुमको मेन्छ्याम गाउँपालिकामा यादबहादुर खापुङ विजयी भए।
स्याङ्जा हरिनास गाउँपालिकामा खिमनारायण मानन्धर, दार्चुलाको महाकाली नगरपालिकामा नरसिंह चैसिर, लमजुङ दूधपोखरी गाउँपालिकामा धनप्रसाद गुरुङ, बैतडीको पञ्चेश्वर गाउँपालिकामा गोरखबहादु चन्द, डोल्पा छार्का ताङसोङ गाउँपालिकामा सेनाङ गुरुङ र छथर गाउँपालिकामा जितेका सन्तवीर लिम्बु एमालेका उम्मेदवार हुन्।
कांग्रेसका उम्मेदवारहरूले पनि १९ पालिका जितेका छन्।
कांग्रेसका उम्मेदवारमध्ये मनाङको नार्पा भूमि गाउँपालिकामा कोन्जो तेन्जीङ लामा, नासोँ गाउँपालिकामा धनबहादुर गुरुङ, मुस्ताङको घरपोझङ गाउँपालिकामा मोहनसिंह लालचन,.गुल्मीको रेसुंगा नगरपालिकामा खिलध्वज पन्थीले जितेका छन्।
यसै गरी डडेलधुराको गन्यापधुरा गाउँपालिकामा इन्द्रबहादुर कार्की, गुल्मी दरबार गाउँपालिकामा सरोज थापा, हुम्लाको खार्पुनाथ गाउँपालिकामा कर्ण बहादुर रावल, डोटीको बडिकेदार गाउँपालिकामा भैरवबहादुर साउद र बागलुङको तमानखोला गाउँपालिकामा जोकलाल बुढा विजयी भए।
बाजुराको स्वामिकार्तिक खापर गाउँपालिकामा भरत रोकाया, लिखु पिके गाउँपालिकामा मिनादेवी कार्की, दैलेखको भैरवी गाउँपालिकामा रिताकुमारी शाही, सङ्खुवासभाको सभा पोखरी गाउँपालिकामा भीमबहादुर लिम्बु, सल्यानको कुमाथ गाउँपालिकामा मानबहादुर बुढाथोकी, माछापुच्छ्रे गाउँपालिकामा मीनबहादुर गुरुङ, चामे गाउँपालिकामा लोकेन्द्रबहादुर घले, गलकोट नगरपालिकामा भरत शर्मा, तमानखोला गाउँपालिकामा जोकलाल बुढा र पाँचथर कुम्मायक गाउँपालिकामा बमप्रसाद लावतीले जितेका छन्।
माओवादी केन्द्रको तर्फबाट डोल्पाको जगदुल्ला गाउँपालिकामा नारसिङ रोकाय, दैलेखको नौमुले गाउँपालिकामा छवि सुवेदी, बागलुङको ताराखोला गाउँपालिकामा धनबहादुर विक, अपि हिमाल गाउँपालिकामा भगतसिंह ठेकरे, खोटाङको जन्तेढुंगा गाउँपालिकामा अरुणादेवी राई, र्चुलाको नौगाड गाउँपालिकामा दलजितसिंह धामी, खोटाङको जन्तेढुंगा गाउँपालिकामा करुणादेवी राई, उदयपुर लिम्चुङवुङ गाउँपालिकामामा मेजर राई, रोल्पाको थवाङ गाउँपालिकामा ऋषिकेशव बुढामगर, गोरखाको अजिरकोट गाउँपालिकामा दीपक देवकोटा
यस्तै, हुम्लाको ताँजकोट गाउँपालिकामा लालकेश जैसी ,दार्चुलाको मार्मा गाउँपालिकामा जमनसिंह धामी, थुलुङ दुधकोशी गाउँपालिकामा असीम राई, भोजपुरआमचोक गाउँपालिकामा अशोक राई, लेकम गाउँपालिकामा रामदत्त जोशी, डलेधुरा आलिताल गाउँपालिकामा शेरसिंह पार्की
एकीकृत समाजवादीका उम्मेदवारमध्ये डोल्पाको छार्का साङतोङ गाउँपालिकामा सेनाङ गुरुङ र डोल्पाको काइके गाउँपालिकामा अङ्गदकुमार रानाले जितेका छन्।
जेठ २, २०७९ सोमबार ०२:०८:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।