काठमाडौं महानगर–१ मा एमाले विजयी

काठमाडौं महानगर–१ मा एमाले विजयी

काठमाडौं : काठमाडौं महानगरपालिका– १ बाट एमालेले विजयी भएको छ। वडा नं. १ मा एमालेबाट वडाध्यक्षका उम्मेदवार भरतलाल श्रेष्ठ विजयी भएका हुन्। श्रेष्ठ ६२२ मत ल्याएर विजयी हुँदा उनका निकटतम प्रतिस्पर्धी कांग्रेसका उम्मेदवार किरण श्रेष्ठले ५९८ मत पाए।

एक सदस्यमा एमालेका उम्मेदवार रसला तण्डुकार ७५९ मत ल्याइ विजयी भएकी छन्। सदस्यमा नेपाली कांग्रेसका मीना सुनार, शुभरत्न खड्गी र रोसन श्रेष्ठ निर्वाचित भएका छन्।


 

जेठ १, २०७९ आइतबार २२:१०:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।