ललितपुर महानगरमा कांग्रेसका चिरिबाबु दोब्बर बढी मतले अगाडी

ललितपुर : ललितपुर महानगरपालिकामा नेपाली कांग्रेसका उम्मेदवार चिरिबाबु महर्जन दोब्बरभन्दा धेरै मतले अघि बढेका छन्। २६२६ मत गणना हुँदा महर्जनले १३८९ मत ल्याएका छन् भने एमालेका हरिकष्ण व्यञ्जनकारले ५९२ मत ल्याएको छन्।
उपप्रमुखतर्फ एमालेबाट उमेदवार बनेकी मन्जली शाक्यले ६७१ मत पाएकी छन्। गठबन्धनबाट माओवादीका उमेदवार बाबुराज महर्जनले ३७८ मत पाए। यस्तै राप्रपाकी स्वणिमा शाक्यले २९५ मत ल्याएकी छन्।
जेठ १, २०७९ आइतबार २१:३७:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।