भरतपुरमा पछि परिन् रेणु, एमालेका सुवेदीले लिए अग्रता

भरतपुरमा पछि परिन् रेणु, एमालेका सुवेदीले लिए अग्रता

चितवन : भरतपुर महानगरपालिकामा नेकपा एमालेका उम्मेदवार विजय सुवेदीले अग्रता लिएका छन्। पछिल्लो मत परिणाम अनुसार मेयरका उम्मेदवार सुवेदीले गठबन्धनको तर्फबाट उठेकी रेणु दाहाल पछि पारेका हुन्। 

विजय सुवेदीको पक्षमा २५४९ मत परेको छ भने रेणु दाहालको पक्षमा २५३० मत परेको छ। त्यस्तै, स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले ८३० मत पाएका छन्।

यस्तै उपमेयरमा गठबनधनका चित्रसेन अधिकारीले २७६९ मत पाएका छन्। एमाले राप्रपाकाी साझा उम्मेदवार हिमला गुरुङले १९७५ मत प्रात्त गरिन्। 

जेठ १, २०७९ आइतबार २१:०३:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।