काठमाडौँ महानगरमा बालेनलाई १८३८ मतको अग्रता

काठमाडौं : काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उमेदवार बालेन शाहले अग्रता बढाइरहेका छन्। पछिल्लो अपडेट अनुसार बालेन शाहले ३८३४ मत पाएर अग्रता बनाएका छन्।
बालेन एमालेका उम्मेदवार केशव स्थापितलाई १८३८ मतले पछि पारेका छन्। केशव स्थापितले १९९६ मत पाएका छन्। त्यस्तै गठबन्धनबाट उम्मेदवार बनेकी कांग्रेसकी उमेदवार सिर्जना सिंहले १८०२ मत प्राप्त गरेकी छन् ।
त्यस्तै उपमेयरमा एमालेकी उम्मेदवार सुनिता डंगोलले ३१५८ मत प्राप्त गरेकी छन् भने एकीकृत समाजवादीका रामेश्वर श्रेष्ठले ९१५ मत र राप्रपाकी विनिता मगैयाले ६९२ मत पाएकी छन्।
जेठ १, २०७९ आइतबार १९:३३:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।