तनहुँको आँबुखैरेनी–२ र ऋषिङ–१ को अध्यक्षमा माओवादीका उमेदवार बिजयी

तनहुँको आँबुखैरेनी–२ र ऋषिङ–१ को अध्यक्षमा माओवादीका उमेदवार बिजयी

पोखरा : तनहुँको आँबुखैरेनी गाउँपालिका–२को अध्यक्षमा नेकपा माओवादी केन्द्रका उम्मेदवार आशबहादुर गुरुङ विजयी भएका छन्। उक्त वडामा गुरुङसहित माओवादीको प्यान नै विजयी भएको छ।

अध्यक्षमा विजयी भएका गुरुङले ६६७ मत प्राप्त गरेका छन्। उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका सरोज पन्तले ४३५ मत प्राप्त गरेका छन्। पन्तलाइ गुरुङले २३२ मतान्तरले पराजित गरेका हुन्।

महिला सदस्यमा माओवादी केन्द्रका टंक कुमारी सिंजाली मगर, दलित महिला सदस्यमा सम्झना सुनार, खुल्ला सदस्यमा कमलबहादुर मगर र बासुदेव थापा विजयी भएका छन्।

यस अघि आँबुखैरेनी–१ मा पनि माओवादीको प्यानलै विजयी भइसकेको छ। आँबुखैरेनी गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा पनि माओवादीले अग्रता लिइरहेको छ।

त्यसैगरी तनहुँको ऋषिङ गाउँपालिका वडानम्बर १ को अध्यक्षमा पनि माओवादीका कुश बहादुर थापा विजयी भएका छन्। थापाले नेपाली कांग्रेसका खिम बहादुर थापालाई ५ को अन्तरले पराजित गरेका हुन्। वडासदस्यहरुमा भने कांग्रेसका उम्मेदवार विजयी भएका छन्। २०७४ को स्थानीय तहको निर्वाचनमा ऋषिङ कांग्रेसले अध्यक्ष सहित सवै पदमा बिजयी हासिल गरेको थियो।  
 

जेठ १, २०७९ आइतबार १८:५०:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।