भरतपुरको मेयरमा रेणु दाहालको अग्रता कायमै, पछ्याउँदै सुवेदी

भरतपुरको मेयरमा रेणु दाहालको अग्रता कायमै, पछ्याउँदै सुवेदी

काठमाडौँ : चितवनको भरतपुर महानगरपालिकाको मतगणना जारी छ। यहाँ गठबन्धनबाट माओवादी केन्द्रकी रेणु दाहाल मेयर पदका लगि चुनावी मैदानमा छिन्। उनका प्रतिष्पर्धी एमालेका विजय सुवेदी छन्।

पछिल्लो मत परिणाम अनुसार रेणुले २३१७ मत पाएकी छन्। त्यस्तै विजय २३०३ मतका साथ पछ्याइरहेका छन्। कांग्रेसबाट बागी उम्मेदवार बनेका जगन्नाथ पौडेलले ७६१ मत पाएका छन्। 
 

जेठ १, २०७९ आइतबार १८:४०:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।