कांग्रेस महामन्त्री शर्माको गृह नगरमा एमाले अगाडी

कांग्रेस महामन्त्री शर्माको गृह नगरमा एमाले अगाडी

काठमाडौं : कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माको गृह नगर झापाको मेचीनगरमा एमालेले अग्रता कायम गरेको छ। वडा नम्बर १ को गणना चलिरहँदा  साढे ४ बजे सम्म ७२८ मत गणना भएको छ। 

जसअनुसार नगर प्रमुख पदमा एमालेका गोपाल बुढाथोकीले ३०९ मत प्राप्त गरेका छन्। कांग्रेस उम्मेदवार इन्द्रबहादुर बुढाथोकीले २७६ मत प्राप्त गर्दा राप्रपाका रमेश दाहालले ५४ मत प्राप्त गरेका छन्।

उपप्रमुख तर्फ पनि एमालेकै अग्रता छ। एमालेकी मिना पोखरेल उप्रेती ३०७ त प्राप्त गर्दा गठबन्धनका तर्फबाट माओवादी उम्मेदवार प्रकाश भण्डारी १५२ र राप्रपाकी सविना बजगाईको ९५म मत प्राप्त गरेकी छिन्।

जेठ १, २०७९ आइतबार १८:००:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।