धनगढी १ मा काँग्रेसको प्यानल नै विजयी

कैलाली : कैलालीको धनगढी उपमहानगरपालिका वडा नम्बर १ को अध्यक्षमा सन्तोष मुडभरी विजयी भएका छन्। आइतबार सम्पन्न मतगणनाअनुसार १ हजार १८३ मत ल्याउँदै मुडभरी विजयी भएका हुन्।
वडा सदस्यमा पनि नेपाली काँग्रेसकै उम्मेदवार विजयी भएका छन्। दलित महिला सदस्यमा सरस्वती लुहार, महिला सदस्यमा सत्यदेवी जोशी, सदस्यमा धर्मराज उपाध्याय र डम्मरनाथ जोशी विजयी भएका छन्।
सत्यदेवी जोशीले १०६२, डम्मरनाथ जोशीले ९८२, धर्मराज उपाध्ययले ९९७ र सरस्वती लुहारले १०२७ मत पाइन्।
जेठ १, २०७९ आइतबार १७:१६:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।