शुक्लाफाँटामा माओवादीको अग्रता कायमै

शुक्लाफाँटामा माओवादीको अग्रता कायमै

काठमाडौँ : शुक्लाफाँटा नगरपालिकाको प्रमुखमा माओवादी केन्द्रको अग्रता कायमै छ। 

दुई हजार ३४८ मतगणना हुँदा माओवादी केन्द्रबाट प्रमुखका उम्मेदवार नवराज ऐरले ७९३ मत प्राप्त गरेका छन्। उनका निकटतम् प्रतिद्वन्द्वी नेकपा (एमाले)का रणबहादुर महराले ६६३ मत प्राप्त गरेका छन। यसैगरी नेपाली कांग्रेसका चिन्तामणि भट्टले ४६९ मत प्राप्त गरेका छन्।

त्यस्तै उपप्रमुखमा नेकपा (एकीकृत समाजवादी)का माधव पन्तले ५७१, नेकपा एमालेका मोनिका भट्टले ५२० र नेपाली कांग्रेसका कल्पना जोशीले ५०९ मत प्राप्त गरेका छन्। वडा नं १ का अध्यक्षमा एमालेका उत्तरदेव भट्ट ७८३ मत ल्याएर विजयी भएका छन्। उनका प्रतिद्वन्द्वी नेपाली कांग्रेसका सुवर्ण विष्टले ५३५ मत ल्याएका छन्। त्यस्तै एकीकृत समाजवादीका हरिश विष्टले ३८४ मत प्राप्त गरे। अहिले वडा नं २ को मतगणनाको कार्य सुरु गरिएको छ। 

जेठ १, २०७९ आइतबार १७:१३:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।