रोल्पाको थवाङमा माओवादी केन्द्र विजयी

रोल्पाको थवाङमा माओवादी केन्द्र विजयी

काठमाडौं : रोल्पाको थवाङ गाउँपालिकामा माओवादी केन्द्र विजयी भएको छ। माओवादी केन्द्रले गाउँपालिका अध्यक्ष उपाध्यक्ष दुबै जितेको जिल्ला निर्वाचन अधिकृत धृताकुमारी खत्रिले जानकारी दिइन्। 

उनका अनुसार गाउँपालिकामा अध्यक्षमा ऋषिकेशव बुढामगरले २ हजार १२२ मत प्राप्त गरेका छन्। उनका प्रतिष्पर्धी स्वतन्त्र उम्मेदवार दर्जित रोकामगरले १ हजार ५०६ मत प्राप्त गरे। 

उपाध्यक्षमा पनि माओवादी केन्द्रबाटै शर्मिला बुढामगर विजयी भइन्। उनले २ हजार १२२ मत प्राप्त गरेकि छन्। उनको निकटतम प्रतिस्पर्धी स्वतन्त्र उमेदवार राय बहादुर पुनले १ हजार ४८७ मत प्राप्त गरे। ५ वडामध्ये ४ वडा माओवादीले जितेको छ। वडा नम्बर ४ भने एमालेले जित हात पारेको छ।

जेठ १, २०७९ आइतबार १६:५६:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।