भरतपुरको मेयरमा रेणु दाहालको अग्रता कायमै

काठमाडौँ : देशभरबाट चासोका रुपमा हेरिएको भरतपुर महानगरपालिकाको मतगणना जारी छ। यहाँ गठबन्धनबाट माओवादीका अध्यक्ष प्रचण्ड पुत्री रेणु दाहाल मेयर पदका लगि चुनावी मैदानमा छिन्। उनका प्रतिष्पर्धी एमालेका विजय सुवेदी छन्।
पछिल्लो मत परिणाम अनुसार रेणुले २००६ मत पाएकी छन्। त्यस्तै उनका प्रतिद्धन्द्धी विजय १९५४ मतमा छन्। पाँच दलीय गठबन्धनका तर्फबाट कांग्रेसका उपमेयर चित्रसेन अधिकारीले २२०१ मत पाएका छन्। राप्रपाबाट उपमेयरमा उठेकी हिमला गुरुङ १५७१ मत पाएकी छन्।
जेठ १, २०७९ आइतबार १६:५०:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।